सप्ताकोसी किनारमा कुटपिट गर्ने थप २ युवती पक्राउ

सुनसरी | साउन ३, २०८०

सप्ताकोसी किनारमा कुटपिट गर्ने थप २ युवती पक्राउ

सुनसरी:  ​तीनयुवतीमाथि साँगठनिक हमला गरेको आरोपमा थप २ जना पक्राउ परेका छन् ।

 

सुनसरी प्रहरीका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र न.पा. वडा नं. ८ (टोल सैनिकटोल) बस्ने बर्ष १८ की दुर्गा राई र सोही टोलकै २२ वर्षीया बिनिता उराँउ रहेकी छिन् । 

 

यसअघि प्रहरीले बराहक्षेत्र न.पा. वडा नं. १० प्रकाशपुर (भुजेलटोल) बस्ने १९ बर्षीया प्रिति लिम्बुलाई सोही दिन पक्राउ गरिसकेको छ । 

 

बाँकी दुई युवती फरार सूचिमा छिन् ।

 

गत २९ गते बेलुका करिब ५ बजे सुनसरीको बराहक्षेत्र न.पा. वडा नं.९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा ५ जनाको समुहले बराहक्षेत्र न.पा. बडा नं. ९ (राजाबास टोल) बस्ने बर्ष १९ की मनिषा राईसहित तीनजनालाई बोलाएको थियो ।
 

आफुहरुको बेइजत गरेको भन्ने भन्दै सामुहिक रुपमा कुटपिट गरेका थिए । तीनैजनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा उक्त भिडियो राखेपछि भाइरल भएको थियो ।

 

घटना भएको दुईदिनपछि ३१ गते इलका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

 

कुटपिटमा संलग्न रहेका ५ जना मध्ये ३ जनालाई पक्राउ परिसकेका छन् भने फरार २ जनाको खोजीकार्य तिब्र पारिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए । उनै इन्सपेक्टर दत्तकै कमाण्डमा तीन जनालाई पक्राउ गरिएको हो ।

 

हाल अभद्र व्यवहार तथा कुटपिट कुसरमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्